रवि लामिछानेलाई २५ दिनको म्याद थप गर्न प्रहरीको माग

मंगलबार, २० कार्तिक २०८१, १४ : २६

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने प्रहरीले माग गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद थपको माग गरेको हो। 

म्याद थपको बहस कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसमा सुरु भएको छ। अदालतमा म्याद थपको पक्ष विपक्षमा बहस सकिइसकेको भएपनि न्यायाधीशले आदेश सुनाइसकेका छैनन्। 

मंगलबार, २० कार्तिक २०८१, १४ : २६

प्रतिक्रिया