काठमाडौं– दिव्यश्वी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ।
दिव्यश्वरी हाइड्रोपावरले पहिलो त्रैमाससम्ममा ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष यस अवधिसम्म ४ लाख ९५ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने नाफामा गएको हो।
यस अवधीमा कम्पनीको आम्दानी बढ्दा वित्तीय खर्च भने घटेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी ३ करोड ३१ लाख रुपैयाँबाट बढेर ३ करोड ४६ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च १ करोड ८७ लाखबाट घटेर १ करोड ४३ लाख कायम भएको छ।
पहिलो त्रैमाससम्म हाइड्रोपावरको प्रतिसेयर आम्दानी १०.४५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २.६४ रुपैयाँ रहेको छ। चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको यस हाइड्रोपावरको जगेडा कोष भने २९ करोड ८ लाख रुपैयाँले ऋणात्मक छ ।
प्रतिक्रिया