रास्वपाले उपनिर्वाचनका लागि सातै प्रदेशमा खटायो नेता

प्रारम्भिक निर्वाचनबाट उम्मेदवार टुंग्याउने

विहीबार, २२ कार्तिक २०८१, १५ : ३६

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेताहरुलाई सातै प्रदेशको जिम्मेवारी तोकेको छ । आज बसेको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले सातै प्रदेशका चुनावी कमाण्डर तय गरेको हो।

रास्वपाले कोशीमा निशा डाँगी, मधेशमा डा.चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिम विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ।

 निर्वाचन परिचालन समितिले उम्मेदवार छनोटको कार्यतालिका पनि सार्वजनिक गरेको छ।  एक भन्दा बढी आकांक्षी रहेको स्थानमा प्रारम्भिक निर्वाचनबाट उम्मेदवारको टुंगो लगाउने केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए।

विहीबार, २२ कार्तिक २०८१, १५ : ३६

प्रतिक्रिया