दोलखा केन्द्रबिन्दू भएर एकै महिनामा २ पटक भूकम्प

शुक्रबार, २३ कार्तिक २०८१, ०६ : १७

काठमाडौं– दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार साँझ ७ः५६ बजे दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि पनि कात्तिक १० गते राति दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

वि.सं.२०७२ वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसयता निरन्तर स–साना भूकम्पको परकम्प गइरहेको केन्द्रले जनाएको छ। 

शुक्रबार, २३ कार्तिक २०८१, ०६ : १७

प्रतिक्रिया