सुपर मादी हाइड्रोपावरको नाफा ५०.८३ प्रतिशतले बढ्यो

शुक्रबार, २३ कार्तिक २०८१, १० : ५९

काठमाडौँ - चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सुपर मादी हाइड्रोपावर लिमिटेडको नाफा गत आवको सोही अवधिको तुलनामा सामान्य बढेको छ । 

समीक्षा अवधिमा १६ करोड १३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा ५०.८३ प्रतिशत बढेको हो । गत आवमा कम्पनीले १० करोड ६९ लाख रुपियाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको विद्युत बिक्री आम्दानी केही घटे पनि वित्तीय खर्च घटेका कारण खुद नाफामा सुधार देखिएको हो । पहिलो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी ४३ करोड २७ लाखबाट घटेर ४२ करोड १५ लाख रुपियाँमा झरेको छ । त्यस्तै, खुद नाफा पनि ४१ करोड ९६ लाखबाट घटेर ४१ करोड २० लाखमा सीमित भएको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३०.७२ रुपियाँ, प्रतिशेयर नेटवर्थ ११४.३१ रुपियाँ र मूल्य आम्दानी अनुपात ९.७६ गुणा रहेको छ । २ अर्ब १० करोड रुपियाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३० करोड ५ लाख रुपियाँ सञ्चित छ ।
 
 

शुक्रबार, २३ कार्तिक २०८१, १० : ५९

प्रतिक्रिया