कहिले सुरु हुन्छ जीवन बीमा अभिकर्ताको परीक्षा ?

शुक्रबार, २३ कार्तिक २०८१, १५ : ५८

काठमाडौँ - नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुको परीक्षा कात्तिक २५ गतेदेखि कात्तिक ३० गतेसम्म लगातार सञ्चालन हुने भएको छ ।

उक्त परीक्षा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ । कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम बीमा प्राधिकरणले अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्न लागेको हो ।

जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।

शुक्रबार, २३ कार्तिक २०८१, १५ : ५८

प्रतिक्रिया