तेह्रथुम पावर कम्पनीको खुद नाफा ४ करोड माथी

आइतबार, २५ कार्तिक २०८१, १० : १६

काठमाडौं-  तेह्रथुम पावर कम्पनीको नाफामा उछाल आएको छ । कम्पनिको नाफा  ७२ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४ करोड ६० लाख रुपैयाँ छ ।

कम्पनीले गत आवको यसै अवधिमा २ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्दा नाफामा उच्च वृद्धि देखिएको हो ।

कम्पनीको विद्युत् बिक्री आमदानी पहिले ७ करोड रहेकोमा अहिले ८ करोड २७ लाख रुपैयाँ छ । त्यस्तै वित्तीय लागत पहिले २ करोड ७३ लाख रुपैयाँ रहेकोमा अहिले २ करोड १२ लाख रुपैयाँ छ । बैंकको ब्याज घट्दा धेरैजसो हाइड्रोपावरको वित्तीय लागत घटेको छ ।

यस कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४६ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ ३९ पैसा छ । गत साता बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९९ रुपैयाँ छ ।

आइतबार, २५ कार्तिक २०८१, १० : १६

प्रतिक्रिया