सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइतबार, २५ कार्तिक २०८१, ११ : १८

काठमाडौँ - सगरमाथा जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्दैछ। आजसम्म कायम शेयरधनी मात्रै कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) लाभांश वितरण गर्ने घोषणा गरेको छ।

उक्त घोषित लाभांश पारित गर्न कम्पनीले मङ्सिर १४ गते काठमाडौँको स्मार्ट दरबारमा बिहान ९ बजेदेखि सभा आह्वान गरेको छ । सभामा लाभांशको अलावा गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने भएको छ ।

आइतबार, २५ कार्तिक २०८१, ११ : १८

प्रतिक्रिया