लिलाबल्लभ अधिकारी पक्राउ

आइतबार, २५ कार्तिक २०८१, १२ : ३१

काठमाडौं- कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले अधिकारीको निवासबाटै पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ।

अधिकारीमाथि नक्कली कागजपत्र बनाएर तीन जनालाई जापान लगेको आरोप छ । उनी कात्तिक दोस्रो साता एक कार्यक्रमका लागि भनेर जापान गएपनि संकाशपद देखेर त्यहाँको अध्यागमन विभागले बिमानस्थलबाटै फिर्ता गरेको थियो ।

आइतबार, २५ कार्तिक २०८१, १२ : ३१

प्रतिक्रिया