काठमाडौं- पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीका नेताहरूलाई मुद्दा लाग्दा आफूहरुले कहिल्यै पनि होहल्ला नगरेको भन्दै रास्वलाई कटाक्ष गरेका छन्। धनगढी विमानस्थलमा बोल्दै सभापति देउवाले रास्वपालाई कटाक्ष गर्दै यस्तो टिप्पणी गरेका हुन्।
सभापति देउवाले भने, ‘हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ।’ सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा कात्तिक २ गते पक्राउ गरी कास्की अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।
उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ। सभापति पक्राउविरुद्ध उनका समर्थकसहित कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् । त्यस्तै, सभापति देउवाले पूर्व सहमतिअनुसार कांग्रेस–एमाले गठबन्धन २०८४ सालसम्म नै जाने र सरकारले पनि त्यो बेलासम्म निरन्तरता पाउने बताए।
प्रतिक्रिया