काठमाडौँ - साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.०७ प्रतिशत बढी हो । गत वर्ष यस कम्पनीले ३४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८६ करोड ७१ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त आम्दानी ८९ करोड ३३ लाख रुपैयाँ थियो ।गत वर्षको तुलनामा विद्युत बिक्री घटेको छ ।
कम्पनीको वित्तीय खर्च पनि ३२ करोड ८९ लाखबाट घटेर २३ करोड ४० लाख कायम भएको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४५.७४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १८४.८९ रुपैयाँ रहेको छ । ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ९६ करोड रहेको छ ।
प्रतिक्रिया