सत्तामा नहुँदा माओवादीमा छटपटी बढ्यो : प्रधानमन्त्री ओली

मंगलबार, २७ कार्तिक २०८१, १० : ३३

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी सत्ताबाट बाहिरिँदा छटपटी बढेको बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकमीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सरकार छाड्दाको पीडाले माओवादी बर्बराएको बताएका छन्।

अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सँझौताको सरकारले कुनै पनि तयारी नगरेको बताउँदै ओलीले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्झौता गर्न खोजेको भन्ने आरोपबारे पत्रकारको प्रश्नमा उनले त्यस विषयमा कुनै चर्चा नै नभएको जवाफ दिएका थिए। 

मंगलबार, २७ कार्तिक २०८१, १० : ३३

प्रतिक्रिया