महसुल नतिरेका उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय

मंगलबार, २७ कार्तिक २०८१, १७ : ३७

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल नतिरेका उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषदको निर्णय अनुसार ऊर्जामन्त्री दीपक खड्काले बोर्ड बैठकमार्फत उद्योगमा लाइन जोड्ने निर्णय गराएका हुन् । आइतबारको मन्त्रिपरिषद् बैठकले टीओडी मिटरका आधारमा महसुल तिर्ने १५ दिनको अवधि दिएर लाइन जोड्ने निर्णय गरेको थियो । 

प्रयोग गरेका उद्योगले महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले कात्तिक ८ गते ३४ उद्योगको लाइन काटेको थियो । ती मध्ये ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि लाइन जोडिएको छ ।

मंगलबार, २७ कार्तिक २०८१, १७ : ३७

प्रतिक्रिया