काठमाडौं- नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेर लाइन काटेका २८ उद्योगमा बिजुली जोड्न लागेको छ। यही कात्तिक ८ मा डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता नतिरेका २८ उद्योगमा बिजुली काटेको थियो।
विद्युत् प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले बिजुली जोड्ने निर्णय गरेको थियो। आइतबार मन्त्रिपरिषद् बैठकले बिजुली जोड्न निर्देशन दिएको थियो भने १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरका आधारमा बक्यौता महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णय पछि मंगलबार बसेको प्राधिकरणको बैठकले डेडिकेटेड तथा ट्रंकलाइन विद्युत महशुलको बक्यौता नतिरेका २८ वटा उद्योगमा पुनः लाइन जोड्न लागेको हो।
प्रतिक्रिया