विद्युत उत्पादनसँगै शुभम् पावरले कमायो १९ लाख १८ हजार

बुधबार, २८ कार्तिक २०८१, १४ : २३

काठमाडौं– शुभम् पावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १९ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको कम्पनी ३४ लाख १२ हजार घाटामा थियो । 

विद्युत उत्पादन सुरु गरेसँगै कम्पनी पनि नाफामा गएको हो । यसको विद्युत बिक्रीबाट हुने आम्दानी ६३ लाख ३७ हजार रुपैयाँ रहेको छ । गत वर्ष शुभम् पावरमा विद्युत उत्पादन भएको थिएन । 

यसैगरी वित्तीय खर्च ९ लाख ५७ हजारबाट बढेर ९ लाख ६८ हजार रुपैयाँ कायम भएको छ । २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ३२ लाख रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ०.९६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९६.३९ रुपैयाँ रहेको छ । 

बुधबार, २८ कार्तिक २०८१, १४ : २३

प्रतिक्रिया