काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको बाँकी बक्यौता नतिरे पुनः उद्योगको लाइन काटिने बताएका छन्।
आज प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेका कार्यकारी निर्देशक घिसिङले १५ दिनको समयसीमा दिँदै सो समयमा डेडिकेटेड र ट्रंकलाइनको बाँकी बक्यौता नतिरे लाइन काटिने चेतावनी दिएका हुन्।
सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य भएको जनाउँदै उनले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भनेकाले मानेको बताए। उनले अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने जानकारी गराए।
प्रतिक्रिया