१५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणको आग्रह

विहीबार, २९ कार्तिक २०८१, १३ : २१

काठमाडौँ - आगामी मङ्सिर १२ गतेभित्र नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई बक्यौता रकम बुझाउन आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो । मन्त्रिपरिषद् बैठक र सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो ।

तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार कारबाही गरिने प्राधिकरणले जनाएको छ ।
 

विहीबार, २९ कार्तिक २०८१, १३ : २१

प्रतिक्रिया