काठमाडौँ - नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ आज (कार्त्तिक २९ गते) बाट सुरु भएको छ ।
११औं संस्करणको ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित उक्त मेला भृकुटीमण्डपमा सञ्चालन भएको हो । ट्रान्सवेल्ड ट्रान्सफर्मरको मुख्य प्रायोजनमा आयोजना गरिएको यो चार दिने प्रदर्शनीको उद्घाटन उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन्।
प्रदर्शनीले विद्युत तथा इलेक्ट्रोनिक्स क्षेत्रमा आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायको सहजीकरण र प्रवर्द्धनमा सघाउने उद्देश्य राखेको छ। मंसिर २ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा ९८ स्टल र प्याभिलियनहरूमा बहुराष्ट्रिय कम्पनीहरूसहित विभिन्न नेपाली उत्पादनहरूको प्रदर्शन गरिएको छ।
८८ प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ्ग सामग्री, वायर, केबल एवं कण्डक्टर, अत्याधुनिक स्वीचहरू, एलईडी लाइटिङ्ग, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा सामग्री लगायतका विविध उत्पादित वस्तुहरू समावेश छन्।
चार दिनसम्म चल्ने प्रदर्शनीमा करिव ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा महासंघले लिएको छ ।
प्रतिक्रिया