मधेसका मुख्यमन्त्री सिंह अयोध्या प्रस्थान

शनिबार, ०१ मंसिर २०८१, १६ : ०१

काठमाडौँ - यही मङ्सिर २१ गते आयोजना हुने जानकी विवाह महोत्सवका सन्दर्भमा मधेसका मुख्यमन्त्री शतिसकुमार सिंह नेतृत्वको दुई सय ५१ सदस्य प्रतिनिधिमण्डल उत्तरप्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्न आज त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रतिनिधिमण्डलमा विश्वहिन्दूपरिषद् नेपाल, जनकपुरका प्रमुख मनोजकुमार साह, जनकपुर उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी र जानकी मन्दिरका उत्तराधिकारी रामरोशनदास वैष्णवलगायत नागरिक समाजका प्रतिनिधि सहभागी रहेका छन् ।

परम्परागत रुपमा आयोजना हुँदै आएको जानकी विवाह उत्सवमा सहभागी हुन प्रतीकात्मक रुपमा भगवान् श्रीरामका साथै चारै दाजुभाइ र तीन रानीका लागि लत्ताकपडा  गरगहनासँगै माखन, दहीच्यूरा, फलफूल पकवान मिष्टान्न सौगातस्वरुप राममन्दिरका पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

शनिबार, ०१ मंसिर २०८१, १६ : ०१

प्रतिक्रिया