लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द

आइतबार, ०२ मंसिर २०८१, १२ : ४८

काठमाडौँ- सञ्चालनमा ल्याएको तीन महिना नबित्दै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागले जनाएको छ । 

विभागका अनुसार लिफ्ट बिग्रिएर केहि दिनअघिदेखि बन्द गरेको र बनेपछि सञ्चालनमा आनेछ  । 

२०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पुरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो ।

तत्काल परीक्षणका लागि खुला गरिएको यस धरहरा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरेको थियो । जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरेको थियो । 

बुधवार र सार्वजनिक बिदाको दिनबाहेक धरहरा साँधैका लागि खुला गरिएको फेरी चढ्न पाउनेको सङ्ख्या बढाएर एक हजार ५० पुर्‍याएको थियो । हालसम्म २५ हजार ७४२ जना धरहरा  चढेको तथ्याङ्कमा उल्लेख छ । 

 

आइतबार, ०२ मंसिर २०८१, १२ : ४८

प्रतिक्रिया