काठमाडौँ - रसुवागढी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।
कम्पनी पहिलो त्रैमासमा १ करोड ४ लाख ४९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष यसै त्रैमासमा कम्पनी १ करोड ५३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
असोजसम्ममा रसुवागढी ८५ लाख ४० हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । गत वर्ष पनि कम्पनी ९८ लाख २६ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ६ पैसा ऋणात्मक छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ९० पैसा ऋणात्मक थियो ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ २७ रुपैयाँ छ । हाल यसको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३९ करोड २१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
प्रतिक्रिया