बसले ठक्कर दिँदा साइकलमा सवार एकको मृत्यु

आइतबार, ०२ मंसिर २०८१, २० : ४१

काठमाडौं- सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सम्झना यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिएका छन् । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नंको बसले ठक्कर दिँदा साइकलमा सवार यादवको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको हाे । दुर्घटना गराएर भागेपछि आक्रोशित भएका स्थानीयले खनारको नहर नजिकै बसमा आगजानी गरेका छन् । आगजनीबाट बस पूर्ण रूपले जलेर नष्ट भएको छ ।

आइतबार, ०२ मंसिर २०८१, २० : ४१

प्रतिक्रिया