काठमाडौं - पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा शोक व्यक्त गर्दै सरकारले बिहान ९ बजेर ४० मिनेटमा बिदा दिने निर्णय गरेकोले बिदाको सुविधा सबैले पाउन सकेनन् । सेवाग्राहीहरु पनि कार्यालय पुगिसकेका थिए भने कर्मचारीहरु पनि कोही बाटोमै थिए भने कोही पुगिसकेका थिए । यसैकारण सरकारले ढिलागरी सार्वजनिक बिदा दिने निर्णय गरेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ।
कतिपय सेवाग्राही छिटो सेवा पाउनकालागि लाइनमा बसीसकेपछि सरकारको निर्णय सार्वजनिक भएको थियो।
सेवा लिन काममा हिडेका कतिपयले भने बीच बाटोमा विदाबारे जानकारी पाएपछि फर्किनु परेको भन्दै गुनासो गरेका छन्। सरकारले समयमा निर्णय लिन नसक्दा सर्वसाधारण समस्यामा परेका हुन्। सरकारले शोकमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको छ।
आइतबार बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको थियो। ढुङ्गानाको अन्त्येष्टि आज पशुपति आर्यघाटमा गरिँदैछ।
प्रतिक्रिया