सप्तरी बाट १७ क्विन्टल गाँजासहित एक जना पक्राउ

मंगलबार, ०४ मंसिर २०८१, १२ : १६

काठमाडौँ- राजगढ गाउँपालिका–४ सप्तरी बाट  १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई  नियन्त्रणमा लिइएको छ ।

बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो । 

 इलाका प्रहरी कार्यालयका कल्याणपुरका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो । टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ परेका छन् ।


उनलाई आज अदातलमा पेस गरिने छ । उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ । 

मंगलबार, ०४ मंसिर २०८१, १२ : १६

प्रतिक्रिया