आज कुन राशिलाई मिल्नेछ कार्यमा सफलता ?

बुधबार, ०५ मंसिर २०८१, ०५ : ०८

काठमाडौं– आज २०८१ मंसिर ५ गते बुधबार (२० नोभेम्बर २०२४)। मंसिर कृष्णपक्ष चतुर्थी २१:१६ सम्म, तत्पश्चात् पञ्चमी। आर्द्रा १९:१६ सम्म, तत्पश्चात् पुनर्वसु।  मिथुन १३:२० सम्म, तत्पश्चात् कर्कट। दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुकाे आज राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्धमा सुमधुर समय रहनुको साथै दाम्पत्य जीवन सुखमय रहनेछ। प्रतिस्पर्धामा सफल हुने योग छ। याे राशिकाे आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुकाे आज भौतिक सुख सुविधामा वृद्धिको योग छ। आज व्यापार व्यवसायमा वृद्धि हुनको साथै आर्थिक पक्ष समेत सबल रहनेछ। चिकित्साको क्षेत्रमा समय अनुकूल रहेको छ। याे राशिकाे आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुकाे आज आर्थिक कारोवार सबल रहनेछ। कार्यक्षेत्रमा कामको तनाव बढ्ने छ। आफ्नो कार्यलाई लिएर इमान्दार हुनुहोला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ भने स्वास्थ्य राम्रो रहनेछ। याे राशिकाे आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूलाई आजकाे दिन सामान्य रहेको छ। व्यापारमा नयाँ निर्णय लिन र नयाँ वाहन किन्नको लागि समय उचित छैन। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। स्वास्थ्यमा मौसमी बिमारीबाट आफूलाई बचाउनु पर्ला। याे राशिकाे आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरु आज जोश र उत्साहले भरपुर रहनेछन् भने कलात्मक वा रचनात्मक क्षेत्रमा विकास हुनेछ। वैदेशिक यात्राको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा नसोचेको लाभ मिल्नेछ। याे राशिकाे आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुकाे आज नोकरी या कार्यक्षेत्रमा होस् समय उत्तम रहेको छ। अग्रिम बनाएका योजनाहरूबाट सफलता मिल्नेछ। पिताको पक्षबाट लाभ मिल्नेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सक्नेछन्। याे राशिकाे आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुलाई आज कार्यक्षेत्रमा लगनशीलताको इनाम मिल्नेछ। नोकरीमा पदोन्नतिका योग छन्। सामाजिक कार्यले लोकप्रियता बढाउनेछ। व्यापारमा पारदर्शिता राखुन्। याे राशिकाे आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुलाई आज स्वास्थ्यलाई लिएर सावधान रहनु पर्ला। कार्यक्षेत्रमा गरेको प्रयासहरूको प्रतिफल नमिल्ला। जो जातक होटल व्यवसायमा छन्को उनिहरुकाे लागि यो समय लादायक रहनेछ। याे राशिकाे आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुलाई आज धर्मकर्म साथै सामाजिक कार्यमा रुचि बढ्नेछ। आर्थिक पक्ष अनुकूल रहनेछ। सरकारी क्षेत्रमा अट्केका कार्यहरू बन्नेछन्। साझेदारी व्यापारबाट लाभ हुने योग छ। याे राशिकाे आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुलाई आज नोकरी वा पेशामा शत्रुहरू लाग्नेछन्। धन खर्चका योग छन्। जीवन साथीको सहयोग मिल्नेछ। छरछिमेकीसँग बादविवादबाट बच्नु पर्ला। बुद्धिविवेकले निर्णय लिँदा समस्या टर्न सक्छ। याे राशिकाे आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुलाई आज साझेदारी व्यवसायमा साझेदारको सहयोग मिल्नुको साथै नयाँ धन आर्जनका स्रोतहरू बढ्नेछन्। जीवन साथीसँग मनमुटाव थियो भने सुल्झिनेछ। सन्तानको पठनपाठनलाई लिएर चिन्ता रहनेछ। याे राशिकाे आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज कार्यक्षेत्रमा साथीहरूको सहयोगले रोकिएका काम शुरु हुनेछ। माताको स्वास्थ्यलाई लिएर शुभ समाचार मिल्नेछ। सकारात्मक विचारले अगाडि बढौं। याे राशिकाे आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

बुधबार, ०५ मंसिर २०८१, ०५ : ०८

प्रतिक्रिया