छ्याङ्दी हाइड्रोपावरले बोलायो १०औं र ११औं वार्षिक साधारणसभा

बुधबार, ०५ मंसिर २०८१, ११ : ४४

काठमाडौँ - छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १०औं र ११औं वार्षिक साधारणसभा पुस ५ गते शुक्रबार एकैपटक गर्ने भएको छ।

सभा कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ९ बजे शुरू हुनेछ। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ ।

सभाले आर्थिक वर्ष ९आव० २०७९\८० र २०८०\८१ को वार्षिक प्रतवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै सामाजिक उत्तरदायित्व बहन गर्दा सीमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्नेछ। साथै गत आवको लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ। 

त्यसै गरी सञ्चालकको सेवा सुविधाबारे पनि छलफल गर्नुका साथै प्रबन्धपत्र र नियमावलीमा आवश्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ।
 

बुधबार, ०५ मंसिर २०८१, ११ : ४४

प्रतिक्रिया