काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ सालसम्मै जाने दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा एमालेले आयोजना गरेको जागरण सभामा उनले कतिपयले माघ–फागुनसम्म मात्रै यो सरकार जाने हल्ला चलाएको बताउँदै २०८४ को चुनावसम्मै गठबन्धन कायम रहने दाबी गरेका हुन्।
‘सरकारबारे अनेकौं हल्ला चलाइरहेका छन्, आज मंसिर ७ गते एमाले सरकारमा पनि । एमाले सरकारमा भएर पनि सभा सञ्चालन गरिरहेको छ। अलिक अगाडिसम्म केहो कसो भन्ने भन्ने परेको पनि हुनसक्छ,’ उनले भने, २०८४ साल मंसिरसम्म अहिलेको समीकरण कायम रहन्छ। सबैले बुझे हुन्छ। कान खोलेर सुने हुन्छ–म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु। म प्रधानमन्त्री छोडेर शेरबहादुरजीलाई जिम्मा लगाउँछु। उहाँले फेरि १८ महिना चलाउनुहुन्छ।’
उनले कांग्रेस–एमाले प्रमुख प्रतिस्पर्धी पार्टी भए पनि मुलुकको वर्तमान अवस्थाका कारण सहकार्य गर्नुपर्ने अवस्था आएको बताए ।
प्रतिक्रिया