रवि लामिछानेलाई पाँचौं पटक म्याद थपका लागि अदालत लगियो

आइतबार, ०९ मंसिर २०८१, ११ : १४

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई पाँचौं पटक म्याद थपका लागि अदालत लगिएको छ।

जिल्ला अदालत कास्कीले अनुसन्धान गर्न दिएको १० दिने म्याद सकिए पछि  आज (आइतबार) उनलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो।

लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो। जिल्ला अदालत कास्कीले चार पटक म्याद थप गरेर बयान लिइसकेको छ भने बुटवलको सुप्रिम सहकारीको रकम अपचलनको आरोपमा समेत उनलाई रुपन्देही लगेर बयान लिइएको थियो ।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रुपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै लामिछानेमाथि अनुसन्धान थालिएको हो। लामिछाने गोर्खा मिडियाले चलाएको ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक तथा प्रवन्ध निर्देशक हुन्।
 

आइतबार, ०९ मंसिर २०८१, ११ : १४

प्रतिक्रिया