काठमाडौं - काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीमा फोहरमैला व्यवस्थापनमा लापरवाही गरेको भन्दै नेकपा एमालेलाई कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ ।
महानगरले नेकपा एमालेलाई गरिएको जरिवानासम्बन्धी पत्र औपचारिक रूपमा बुझाउने भएको छ । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा पुगेर जरिवानासम्बन्धी पत्र बुझाउन लागेको महानगरले जनाएको हो ।
महानगरले मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर गरेको भन्दै एमालेलाई १ लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।
फोहोर गरेपनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया