काठमाडौं - नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् ।
परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।
यसअनुसार आगामी वार्षिक साधारण सभापछि पाण्डे स्वतः परिसंघको अध्यक्ष बन्नेछन् । २०७२ सालदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष थिए ।
सिभिल इन्जिनियरिङ, आवास, सहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दक्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् ।
प्रतिक्रिया