काठमाडौं– आज २०८१ मंसिर १० गते साेमबार (२५ नोभेम्बर २०२४)। मंसिर कृष्णपक्ष नवमी २४:०२ सम्म, तत्पश्चात् दशमी । उत्तरफाल्गुनी २७:०८ सम्म, तत्पश्चात् हस्ता । सिंह ०७:२० सम्म, तत्पश्चात् कन्या । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुलाई आजको दिन व्यापारमा लाभ मिल्नेछ । घर परिवारमा यात्रालाई लिएर योजनाहरू बनाउन सकिनेछ । सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। कसैसँगपनि निभाउन नसकिने वाचा नगर्दा वेस । आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ ।
बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुकाे आज व्यापारमा हानि हुने सम्भावना छ। आमाको स्वास्थ्यलाई लिएर ध्यान दिनुहोस्। विद्यार्थीहरूको पढाइमा मन नलाग्ला । मार्केटिङ क्षेत्रमा जोखिम लिनबाट बच्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुकाे आज कार्यक्षेत्रमा ज्ञान र अनुभवको प्रशंसा हुनेछ। यात्रा गर्दा आफ्नो सामानको ध्यान राख्नुपर्ला । आफन्तहरूबाट शुभ सूचना मिल्नेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूलाई आजको दिन ऊर्जावान महसुस हुनेछ । आर्थिक कारोबार मजबुत रहनेछ । व्यापार व्यवसायमा नयाँ काम हात लागि पर्नेछ । कार्यक्षेत्रमा कर्कट राशि हुनेहरुकाे सल्लाहको मान दिइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुकाे आज पद प्रतिष्ठामा वृद्धि हुनेछ। ससुराली पक्षबाट लाभ र सहयोग मिल्नेछ । नयाँ व्यापार प्रारम्भ गर्न सकिने छ । धर्मकर्म दान पुण्यमा पनि मन लाग्नेछ। प्रेम सम्बन्धमा पायक पर्ने ठाउँमा यात्रा हुन सक्छ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुकाे आज विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ साथै उच्च शिक्षाको लागि नयाँ बाटो खुल्नेछ । आफन्तहरुसँग धनको लेनदेन नगर्दा राम्राे । वाहन चलाउँदा सावधान रहनुपर्ला । आजको शुभ रंग निलो भने शुभ अंक ६ रहेको छ ।
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुकाे आज कार्यक्षेत्रमा मित्रहरूको सहयोगबाट अग्रिम कार्यसम्पादन हुनेछ। शेयर मार्केटमा पहिला गरेका लगानीबाट लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार रहनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुकाे आज बोली र व्यवहारमा धैर्य राख्नुपर्ने हुन्छ l कार्यक्षेत्रमा महत्त्वपूर्ण अवसरहरू पक्षमा आउनेछ । जीवनसाथीको सहयोग मिल्नेछ। मन प्रसन्न रहनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुकाे आज समाजमा विशिष्ट मान्छेको सहयोगले अप्रत्याशित लाभ हुनेछ। मनमा उत्साह र आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा अधिकारीहरूद्वारा नयाँ जिम्मेवारी मिल्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुलाई आज कार्यक्षेत्रमा लिएको जिम्मेवारीलाई ईमान्दारी पूर्वक निभाउनु पर्नेछ । अरुको भरोसामा कार्यलाई अपूर्ण नछोड्नुहोस्। व्यापार व्यवसायमा नयाँ स्रोतहरू बढ्नेछन् । सवारी साधन चलाउदा सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुलाई आज कानुनी मुद्दा मामिलामा आज शुभ समाचार मिल्नेछ । नोकरी पेशामा प्रभाव बढ्नेछ । साझेदारी व्यापारमा लाभ मिल्नेछ । अध्ययन तथा लेखनमा समय बित्नेछ। जीवनसाथीबाट उपहार मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज छरछिमेकीसँग वादविवादमा नअल्झिदा बेस । प्रतिस्पर्धामा विजयी भइनेछ । कार्यक्षेत्रमा शुभचिन्तकहरुको साथ मिल्नेछ । अरुलाई सल्लाह दिनबाट बच्नु पर्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
प्रतिक्रिया