स–शुल्क टिकटको व्यवस्था गरेको पहिलो दिन ६६३ जनाले चढे धरहरा

सोमबार, १० मंसिर २०८१, १२ : ३४

काठमाडौँ - सरकारले स–शुल्क टिकटको व्यवस्था गरेको पहिलो दिन ६६३ जना धरहरा चढेका छन् । 

पहिलो दिन टिकट काउन्टरबाट ६६३ जनाले धरहराको टिकट लिएको धरहरा सञ्चालन इकाई कार्यालयले जनाएको छ । सरकारले आइतबारदेखि शुल्क सञ्चालनमा ल्याएको धरहरा दैनिक एक हजार सङ्ख्यामा चढ्न पाउने व्यवस्था गरेको छ ।

हाललाई अनलाइन टिकट काट्ने व्यवस्था बन्द रहेको र केहि दिनमा सञ्चालनमा ल्याउने कार्यालयले जनाएको छ ।
 

सोमबार, १० मंसिर २०८१, १२ : ३४

प्रतिक्रिया