काठमाडौं - सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भोलि (मंगलबार) बयानका लागि काठमाडौं ल्याइने भएको छ ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको समेत रकम अपचलन गरेको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीका अनुसार लामिछानेलाई मंगलबार जहाजमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो ।
सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा रवि कास्की प्रहरीको हिरासतमा छन् । आइतबार मात्रै कास्की जिल्ला अदालतले रविलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ ।
प्रतिक्रिया