प्रधानमन्त्री ओलीले बोलाए सबै मन्त्रालयको समीक्षा बैठक

बुधबार, १२ मंसिर २०८१, १० : १८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरुको समीक्षा बैठक बोलाएका छन्। 

बुधबार दिउँसो तीन बजे बस्ने गरी प्रधानमन्त्री ओलीले  प्रथम त्रैमासिक समीक्षा बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा सबै मन्त्रालयहरुको मन्त्री र सचिवले प्रगति विवरण पेश गर्ने बताइएको छ ।  

बुधबार, १२ मंसिर २०८१, १० : १८

प्रतिक्रिया