काठमाडौँ- नेशनल साईबर ओलम्पियाड– २०८१ (National Cyber Olympiad - 2081) (National Cyber Olympiad - 2081) चौथो संस्करण आयोजना हूने भएको छ । प्रशिक्षणको आयोजनामा हुन गई रहेको नेशनल साईबर ओलम्पियाड–२०८१ पौष १५ गते देखि काठमाडौँमा हुने भएको छ ।
पौष १५ गते देखि सुरु हुने उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका ५० भन्दा बढि स्कूलका टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । नेशनल साईबर ओलम्पियाड सुचना प्रविधि क्षेत्रको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुने छ जसमा सहभागी हुने स्कूलहरुले पौषको ५ गते सम्ममा दर्ता गर्नुपर्ने छ ।
आयोजकका अनुसार यो प्रतियोगिताको चारवटा संस्करण यस अघि २०७१, २०७२, २०७३ र २०७९ मा सफल रुपमा आयोजना भईसकेको र पाँचौ संस्करण अझ परीस्कृत रुपमा सम्पन्न हुन गइरहेको हो । प्रतियोगिता Qualifying, Semifinal र Final गरी तीन चरणमा Knock Out पद्तिबाट संचालन हुने छ। प्रतियोगितामा General, Curriculum, Logical, Multimedia, Defending, Gambling and Gasping Round हरुमा दर्ता भएका प्रतियोगी समुह वीच प्रतिस्पर्धा गराइने छ ।
यसपटकको नेशनल साईबर ओलम्पियाडमा विभिन्न सूचना प्रविधिसँग सम्बन्धित कार्यशालाहरू प्रत्येक हप्ता सञ्चालन हुने छन्। उक्त कार्यशालामा प्रतियोगितामा भाग लिने भाइबहिनीहरू तथा प्रतियोगितामा भाग लिन नसकेका भाइबहिनीहरूले पनि कार्यशालामा सहभागी भई प्रविधि क्षेत्रको सिप सिक्न पाउनेछन् ।
नेशनल साईबर ओलम्पियाड– २०८१ प्रतियोगितामा उत्कृट हुने टिमले नगद पुरस्कार, ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरुले सम्मान गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले सम्वन्धित स्कुलमा पठाइएको फारम भरेर वा अनलाइन मार्फत पनि तलको लिन्कबाट नाम दर्ता गर्न सक्नेछन् ।
रजिष्टे्शन लिन्क: https://forms.gle/yndNVdzY4vUe9wRc9
प्रतिक्रिया