आज याे राशिकाे हुनेछ इच्छापूर्ति, अरु राशिकाे दिन कस्ताे रहला ?

विहीबार, १३ मंसिर २०८१, ०६ : ०३

काठमाडौं– आज २०८१ मंसिर १३ गते बिहीबार (२८ नोभेम्बर २०२४) । मंसिर कृष्णपक्ष त्रयोदशी (अहोरात्र) । चित्रा ०८:१९ सम्म, तत्पश्चात् स्वाति ।  चन्द्रराशि तुला । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः

 

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुलाई आज सामाजिक वा राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहला । सहकारी तथा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।

 

बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुलाई आज भाग्यले साथ दिनेछ । धन वा सुखमा वृद्धि हुनेछ  विद्यार्थीहरूलाई नयाँ ज्ञान र अनुभव प्राप्त हुनेछ । घरपरिवारमा मांगलिक कार्यले मन उत्साहित रहनेछ। आर्थिक पक्ष सबल रहनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।

 

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आज कार्यक्षेत्रमा अतिरिक्त कामको जिम्मेवारी बढ्नेछ । आफन्त र जीवन साथीसँग मनमुटावको सम्भावना रहेको छ । आर्थिक कार्यमा गरिएका प्रयासहरू सफल रहनेछन् । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।

 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूलाई आज कार्यक्षेत्रमा इच्छापुर्ति हुनेछ । नयाँ नोकरीमा सफलता पाइनेछ। व्यापारबाट लाभ मिल्नेछ । भाइबहिनीबाट घर परिवारमा सहयोग मिल्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।

 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुकाे आज नयाँ योजनाहरु सफल रहनेछन् । लामो समयदेखि रोकिएको धन मिल्ने योग रहेको छ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ । व्यापार व्यवसायमा थोरै श्रमले पनि राम्रो लाभ मिल्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ ।

 

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुले आज नोकरी वा पेशामा आत्तिएर निर्णय नलिनु । कार्य क्षेत्रमा आयस्रोत बढ्नेछ। साझेदारी व्यापारमा पारदर्शिता राख्दा बेस । विद्यार्थी वर्गहरूलाई अध्ययनमा शिक्षकको सहयोग मिल्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।

 

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुकाे आज धार्मिक क्षेत्रमा धन खर्च हुने सम्भावना रहेको छ । नजिकका मानिसहरूबाट सोचेजस्तो सहयोग न मिल्नाले मन अप्रसन्न रहनेछ । यात्रा गर्दा आफ्नो सामानको खयाल राखौं । आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ ।

 

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुकाे आज समाजमा मान प्रतिष्ठा बढ्नेछ । अग्रिम कार्यको प्रतिफल मिल्नेछ । कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ । व्यापारमा लाभको साथै नयाँ अवसरहरू मिल्नेछन् । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ ।

 

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुकाे आज पिताको स्वास्थ्यमा सुधारको योग छ । वैदेशिक शिक्षालाई लिएर शुभ सूचना मिल्नेछ । व्यवसायसँग सम्बन्धित यात्रा हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । छरछिमेकीहरूसँग मनमुटाव रहन सक्छ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुकाे आज पहिला रोकिएका कार्यहरू सम्पादन हुनेछन् । सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ । नोकरी वा पेशामा वरिष्ठ अधिकारीहरूको सहयोग मिल्नेछ । व्यापार क्षेत्रमा थप लगानी लगाउने समय रहेको छ । आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ ।

 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुलाई आज विश्वासिलो पात्रबाट धोखा मिल्न सक्छ । आफ्नो बोलीले गर्दा बनेको कार्य बिग्रिन सक्छ । व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ । आफ्नो स्वास्थ अनुसार खानपानमा ध्यान दिनुपर्ला । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।

 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज कार्यक्षेत्रमा प्रसिद्धी बढ्नेछ । विद्यार्थीहरूलाई धार्मिक वा आध्यात्मिक अध्ययनमा रुचि बढ्नेछ । जीवनसाथीबाट उपहार मिल्न सक्ला । रोकिएका काम बन्नेछन् भने नयाँ जिम्मेवारी समेत बढ्नेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ ।

विहीबार, १३ मंसिर २०८१, ०६ : ०३

प्रतिक्रिया