सरकारी वकिलको कार्यालय काठमाडौंमा रविको बयान लिइँदै

शुक्रबार, १४ मंसिर २०८१, १० : ३३

काठमाडौं- रास्वपाका सभापति रवि लामिछानेको आज सरकारी वकिलको कार्यालयमा काठमाडौंमा बयान जारी  छ । यहाँस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा लामिछानेलाई सरकारी वकिलको कार्यालयले बयान लिइरहेको हो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बिहीवार काठमाडौं ल्याइएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरर त्यता लगिएको थियो ।  बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा समेत मुछिएका लामिछानेलाई त्यहाँ लगेर बयान समेत लिइसकिएको छ । 

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले पाँचौं पटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 

शुक्रबार, १४ मंसिर २०८१, १० : ३३

प्रतिक्रिया