चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ओलीको भेटवार्ता

मंगलबार, १८ मंसिर २०८१, १४ : ३१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबिच भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको हो ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । 

प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत थिए ।

प्रधानमन्त्री ओली आफ्ना चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चारदिवसीय भ्रमणका क्रममा हिजो अपराह्न त्यहाँ पुगेका हुन् ।

मंगलबार, १८ मंसिर २०८१, १४ : ३१

प्रतिक्रिया