काठमाडौं आइपुगे भुटानी राजा, परराष्ट्रमन्त्री राणाले गरिन् स्वागत

शुक्रबार, २१ मंसिर २०८१, ११ : १५

काठमाडौं- भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुग्नुभएको छ । उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । 

भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्नुहुने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन्। उहाँ आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

शुक्रबार, २१ मंसिर २०८१, ११ : १५

प्रतिक्रिया