रवि लामिछानेलाई आज पर्सा लगिने

सोमबार, २४ मंसिर २०८१, १५ : २२

काठमाडौं - सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ ।

सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय पर्साबाट पक्राउ पूर्जी जारी भएकाले बयानका लागि लामिछानेलाई पर्सा लैजान लागिएको हो।

लामिछानेलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौं र काठमाडौंबाट पर्सा लैजान लागिएको हो । 

सोमबार, २४ मंसिर २०८१, १५ : २२

प्रतिक्रिया