ग्राण्डीमा निःशुल्क गर्भसंस्कार कक्षा सञ्चालन

सोमबार, २४ मंसिर २०८१, १६ : ३१

काठमाडौं - काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क गर्भसंस्कार कक्षा सञ्चालन गरेको छ । 

3

मुलुकमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको ग्राण्डीले प्रत्येक महिना गर्भसंस्कार कक्षा सञ्चालन गर्दै आएको छ ।कार्यक्रमका संयोजक सुजना पोखरेलले हरेक महिनाको अन्तिम बुधवार उक्त कक्षा सञ्चालन गरिँदै आएको जानकारी दिइन् ।

2

“महिला तथा प्रसुती डाक्टर, वरिष्ठ नर्स, फिजियोथेरापिष्ट, डाइटिसियन, नवजात शिशुको डाक्टर लगायतको सहभागीतामा उक्त कक्षा सञ्चालन हुँदै आएको छ,”– पोखरेलले भनिन् । 5

पछिल्लो समयमा अप्रेसनको माध्यमबाट बच्चा जन्माइँदै आएको अवस्थामा ग्राण्डीले नर्मल डेलिभरीलाई प्रोत्साहन गर्नका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको हो । उक्त कक्षामा गर्भवती अवस्थामा गरिने शारीरिक व्यायाम, पोसिलो आहार विहार, स्तनपान र नवजात बच्चाको स्याहार सुहार लगायतका बारेमा सिकाइन्छ । 

यस्तै, गर्भवती महिलामा हुने मानसिक तनावलाई कसरी नियन्त्रण गर्ने, गर्भ अवस्थामा हुने समस्याको समाधान कसरी गर्ने भन्ने बारे समेत सिकाइने गरेको अस्पतालले जनाएको छ । यसै गरी, उक्त कक्षामा परिवारको योजना बारे पनि जानकारी दिइन्छ । 

कक्षामा गर्भवती महिलाका परिवारलाई समेत गर्भ संस्कारका बारेमा जानकारी गराइने गरिएको छ । उक्त कक्षामा अस्पतालमा जाँच गरिरहेका गर्भवती महिला र अन्य जुनसुकै अस्पतालमा जाँच गरेका महिलाले पनि सहभागिता जनाउन सक्नेछन् । 

विगत लामो समयदेखि उक्त कार्यक्रमलाई ग्राण्डीले निरन्तरता दिइरहेको छ ।

सोमबार, २४ मंसिर २०८१, १६ : ३१

प्रतिक्रिया