राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट

सोमबार, २४ मंसिर २०८१, १६ : ३६

काठमाडौं - कक्षा २ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिताको दोस्रो चरण भव्य रूपमा सम्पन्न भएको छ । 

466748127_3965642480370006_5202508306896275987_n

नेपालको अग्रणी आईटी तालिम प्रदायक दूरशिक्षाले डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहकार्यमा आयोजना गरेको यस चरणमा ८० विद्यार्थीले भौतिक रूपमा उपस्थित भई प्रतिस्पर्धा गरेका थिए, जसमध्ये विभिन्न विधाबाट ९ जना विद्यार्थी फेब्रुअरी २०२५ मा यूकेमा हुने ग्लोबल कम्पिटिसनका लागि छनोट भएका छन् ।

ग्लोबल कम्पिटिसनमा छानिएका नेपाली विद्यार्थीहरूले अब भारत, हङकङ, मिडल इस्ट, यूके, अमेरिका, अष्ट्रेलिया लगायत देशका सहभागीसँग प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणको कोडिङ प्रतियोगिताको उद्घाटन सूचना प्रविधिविज्ञ डा। राजीव पाण्डे सुब्बाले गरेका थिए । उनले यस प्रतियोगिताले बालबालिकाको तार्किक सोच, समस्या समाधान क्षमता र डिजिटल सीपलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।

४०० भन्दा बढी विद्यार्थीले अनलाइनबाट परियोजना पठाएकोमा भौतिक प्रतिस्पर्धामा ८० जना छानिएका थिए । यस चरणमा विद्यार्थीहरूले अत्यन्तै प्रभावकारी प्रोजेक्ट तयार पारेको दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले बताए । “यो प्रतियोगिताले सहभागीहरूलाई आफ्नो कोडिङ सीप सुधार्न र समस्याहरूको समाधान गर्ने कुशलता अभिवृद्धि गर्न मद्दत पुर्‍याएको भने उत्कृष्ट प्रतियोगीलाई विश्वमञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको छ,” उनले भने ।

यस प्रतियोगितामा कक्षा २ देखि ४ का विद्यार्थीहरूले जुनियर ब्लक-आधारित कोडिङ, कक्षा ५ का विद्यार्थीहरूले सिनियर ब्लक(आधारित कोडिङ र कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले पाइथनमा आधारित रही विभिन्न थिममा प्रोजेक्ट तयार गरेका थिए ।

कार्यक्रममा ‘गर्ल्स हु कोड’ अभियान समेत सञ्चालन गरिएको थियो, जसले छात्राहरूको सहभागिता अभूतपूर्व रूपमा बढाएको आईसीटी फ्रेमकी अध्यक्ष मिना अर्यालले बताइन् । उनका अनुसार दोस्रो चरणको प्रतिस्पर्धामा ५० प्रतिशतभन्दा बढी छात्राहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगिताले बालबालिकाको समस्या समाधान, रचनात्मकता र डिजिटल साक्षरताको विकासमा ठुलो योगदान दिएको भन्दै अभिभावकहरूले पनि खुसी व्यक्त गरेका छन् । “हाम्रो बच्चाले यस्तो ठुलो मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्न पाउँदा गर्व लागेको छ । दूरशिक्षाले यस्तो अवसर प्रदान गरेकोमा धन्यवाद छ,” एक अभिभावकले भने । बालबालिकाको डिजिटल सीपको विकास गर्न र प्रविधिमा करियर सुरु गर्ने अवसर दिन यो प्रतियोगिता महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ ।

ग्लोबल प्रतिस्पर्धामा चयन भएका विद्यार्थीहरू यस प्रकार छन्:

 

Python Category (Grade 6-9): 1. Saral Thapaliya – Reliance International Academy, Budhanilkantha, Kathmandu 2. Romeo Adhikari – Shree Bhachchek Secondary School, Gorkha, Gorkha 3. Ansu Rijal – GEMS School, Dhapakhel, Lalitpur Senior Category – Block Coding (Grade 5): 1. Shreyash Khadgi – Meridian International School, Baluwatar, Kathmandu 2. Sarwagya Gurung – John Dewey School, Kapan, Kathmandu 3. Shubham Ghimire – Rosebud School, Rudramati Marg, Kathmandu Junior Category – Block Coding (Grade 2-4): 1. Sushovan Ghimire – Meridian International School, Baluwatar, Kathmandu 2. Yukita Maharjan – John Dewey School, Kapan, Kathmandu 3. Binayak Pangeni – The Excelsior School, Swyambhu, Kathmandu

 

 

सोमबार, २४ मंसिर २०८१, १६ : ३६

प्रतिक्रिया