काठमाडौं- आज २०८१ मंसिर २५ गते मंगलबार (१० डिसेम्बर, २०२४) । मंसिर शुक्लपक्ष, दशमी २५:०४ सम्म, तत्पश्चात् एकादशी । उत्तरभाद्रपदा ११:४३ सम्म, तत्पश्चात् रेवती । चन्द्रराशि : मीन । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुकाे आज मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।
बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुकाे आज शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूले आज नयाँनौलो समाचार सुन्न पाउनेछन् । सामाजिक काम र धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुकाे आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु पर्ला । जोशजाँगर र आत्मबलमा पनि कमी आउनेछ ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुलाई आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट खानेकुरा खान पनि पाइनेछ ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुलाई आज सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुकाे आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुकाे आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुकाे आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुलाई आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर पनि मिल्नेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
प्रतिक्रिया