आन्तरिक राजश्व विभागले थप्यो आयकर बुझाउने म्याद

मंगलबार, २५ मंसिर २०८१, १७ : ४५

काठमाडौं - आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०\०८१ को आयकर दाखिलाको म्याद थप गरेको छ । 

विभागले एक सूचना जारी गर्दै गर्दै करदातालाई पुस मसान्त भित्र आयकर दाखिला गर्न आग्रह गरेको हो । विभागले निजी क्षेत्रका विभिन्न व्यवसायिक र व्यापारिक छाता संगठनहरु तथा करदाताहरुबाट समेत आय विवरण पेस गर्ने म्याद २०८१ पुस मसान्तसम्म कायम गरिदिन भनी अनुरोध आएकाले म्याद थप गरेको जनाएको छ ।

आन्तरिक राजस्व विभागले गत असोज ४ गते वार्षिक १ करोडसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने व्यवस्था गरेको थियो । तर, वार्षिक २५ करोडसम्म कारोबार भएका निकाय र अन्य करदाताहरुका सम्बन्धमा मंसिर मसान्तसम्म मात्र म्याद थप हुनेछ ।

मंगलबार, २५ मंसिर २०८१, १७ : ४५

प्रतिक्रिया