याे राशि भएकाहरुलाई आर्थिक कारोबारबाट लाभ मिल्नेछ, यी राशिहरुकाे दिन कस्ताे ?

बुधबार, २६ मंसिर २०८१, ०५ : ३१

काठमाडौं- आज २०८१ मंसिर २६ गते बुधबार (११ डिसेम्बर, २०२४) । मंसिर शुक्लपक्ष, एकादशी २२:४२ सम्म, तत्पश्चात् द्वादशी ।रेवती १०:०३ सम्म, तत्पश्चात् अश्विनी । चन्द्रराशि : मीन १०:०३ सम्म, तत्पश्चात् मेष । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः

 

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुकाे आज नोकरी वा पेशामा साहस र पराक्रमले शत्रुहरू परास्त हुनेछन् । विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। परिवारमा चलिरहेको मनमुटाव समाप्त हुनेछ । साँझको समय मातापिताको सेवामा बित्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।

 

बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुलाई आज आर्थिक कारोबारबाट लाभ मिल्नेछ । सामाजिक सञ्जालमा आफुलाई मुखर भएर प्रस्तुत गर्न सकिने छ । गृहणीहरूको सौन्दर्यको सामानमा धनखर्च हुनेछ । शेयर बजारबाट लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।

 

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आज साझेदारी व्यापारमा लाभ मिल्नेछ । भविष्यलाई लिएर निर्णय लिन सकिनेछ । कार्यक्षेत्रमा मित्रको सहायताले रोकिएको कार्य प्रारम्भ हुनेछ । व्यापार व्यवसाय भन्दा सेवामुलक कामबाट लाभ मिल्नेछ । विद्यार्थीहरूले नयाँ कुरामा रूचि राख्नेछन् । आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ ।

 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूलाई आज कार्यक्षेत्रमा बनाएको योजना अनुरूप कार्य गर्दा सफलता मिल्नेछ । सहकारी वा वित्तीय संस्थाबाट लाभ मिल्नेछ । प्रतियोगीहरूलाई परीक्षामा सफलता मिल्नेछ । नोकरी वा पेशामा श्रमको अनुरूप सफलता नमिल्ला । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ ।

 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुले आज बुद्धि र विवेकले आज नयाँ खोज गर्न सक्नेछन् । विदेशतिर बसोबास गर्ने आफन्तहरूबाट शुभ सूचना मिल्नेछ । प्रेमको बन्धन प्रगाढ हुनेछ । सन्तानलाई स्वास्थ्य सम्बन्धित समस्या छ भने सुधार हुनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।

 

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुलाई आज विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । स्वादिष्ट भोजन पाउन सकिनेछ । भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन् । बोलीमा सजगता अपनाउनुहोस् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ ।

 

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुकाे आज मनमा उत्साह र उमंग बढ्नेछ । महिलाहरूको गृहकार्य साथै सामाजिक कार्यमा रुचि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू प्राप्त हुनेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ ।

 

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुकाे आज मीठो बोलीले गर्दा कार्यमा सहजता आउनेछ । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । शत्रुहरू पराजित रहनेछन् । दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।

 

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुलाई आज आफन्तहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ । आफुले गरेको कामको जस पाइनेछ । जग्गा जमिनको कारोबारमा लाभ मिल्ला । विद्यार्थीहरूको परीक्षाको परिणाम अनुकूल रहनेछ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुकाे आज पराक्रममा वृद्धि हुनेछ । अगाडि रोकिएका कामहरू सम्पादन हुनेछन् । कार्यक्षेत्रमा अधिकारीहरूको साथ पाइनेछ । व्यवसाय वा उद्योग धन्धामा लाभ हुनेछ । सोचेअनुरूप कार्यमा सफलता पाइनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ ।

 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुकाे आज संगीत वा सांस्कृतिक क्षेत्रमा प्रतिभाको मूल्यांकन हुनेछ । व्यापारको विस्तारको लागि दीर्घकालीन योजनाहरू बन्नेछन् । नौकरी वा पेशामा प्रभाव बढ्नेछ । सञ्चित धनमा वृद्धि हुनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ ।

 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज समाजमा मानसम्मानमा वृद्धि हुनेछ । राजनीतिक परिवेशमा पनि प्रभाव बढ्नेछ । होटल वा म्यानेजमेन्ट क्षेत्रबाट मनग्य लाभ मिल्नेछ । मनलाग्ने कुरामा चासो बढ्नेछ । कार्यक्षेत्रमा नयाँ कार्य हात लागिपर्नेछ । व्यापारमा लेनदेनमा सजग रहनुपर्ला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ ।

बुधबार, २६ मंसिर २०८१, ०५ : ३१

प्रतिक्रिया