सन्तानेश्वर महादेवकाे दिव्यदर्शी आश्रम र 'पहाडी वावा'-२

बुधबार, २६ मंसिर २०८१, ०७ : ०३

!!! श्री गणेशाय नम: !!!

'।। ।ॐऽऽऽ।  ।जय गुरुदेव। ।ॐ नम: शिवाय। । ।जय गुरुदेव। ।मुख्य ब्रह्मा मुख्य विष्णु लिंगाकार महेश्वर, पात्र पात्र देवानन्द देव रुद्र देवाय नमाेस्तुते। ।जय गुरुदेव। ।ॐ नमः शिवाय। ।जय गुरुदेव। ।ॐऽऽऽ। ।।'

pahadi baba

मूक्तकण्ठले गाउँदै जंगलकाे बाटाे ओरालाे लाग्याे दीपक । दिमागमा कुरा खेलिरहेकाे थियाे, 'म काे हाे ?', 'मैले के गरिरहेकाे छु !?' अनि यी दुई प्रश्नसँग 'किन मनमा आश्चार्य अभिर्भाव भइरहेकाे छ ?' दीपककाे मनमा एकक्षणमा उठेकाे प्रश्न, सेकेण्ड भन्दा १०० गुणाले कम समयमा । अर्काेक्षण ती प्रश्न प्रत्येकले १०० जन्माए । टाउकाे झट्कार्दै, झन् जाेडले गुरुमन्त्र गाउँदै ओरालाे लाग्याे । दीपकले  पहाडमा ठाेक्किएर आएकाे 'ईकाे' आवाजमा मजा लिइरहेकाे थियाे ।

एकाबिहानैकाे समय, वरिपरी रुख बिरुवा, रातरानी फूलकाे बिरुवाकाे जंगल, डाँडाबाट ओरालाेमा कुदिरहँदा  समथर तिर दूर दूरसम्म जंगलमात्रै देखिरहेकाे थियाे, दीपकले । जाेड जाेडले गुरुमन्त्र पनि गाइरहेकाे छ तर त्याे माथि मनकाे चञ्चलतालाई थाम्न सकिरहेकाे छैन् । '।ॐ नम: शिवाय।' मन्त्र बाेलिसक्दा पानीकाे मुहानकाे डिलमा उभियाे ।

No photo description available. 

'।श्री गणेशाय नम:। ।ॐ गंगा च यमुना चैव गाेदावरी सरस्वती, नर्मदे कावेरी सीन्धु जलस्मिन सन्निद्धिम् कुरु।', पानीलाई १० पटक प्रणाम गर्छ, ९ वटा देवी अनि एउटी आफ्नाे आमालाई सम्झेर । 

आफुले जानेकाे मन्त्र जप गर्दै दीपकले आफ्नाे दत्यून-स्नान सकेर २०  लिटरकाे जर्किनमा पानी भरेर उकालाे लाग्याे । पानीकाे मूहान देखि आश्रम पुग्ने बाटाेकाे अन्तिममा एउटा टाेपी खस्ने उकालाे छ । बाटाे पनि प्रत्येक वर्षाले बिगार्छ, उकालाेमा अप्ठ्याराे छ । त्याे पहाडकाे उकालाे चढिरहँदा दीपककाे सास फुलिरहेकाे थियाे, मनकाे गतिमा भने 'कन्ट्राेल' थियाे । उसकाे सारा ध्यान सासमा केन्द्रित थियाे र जहाँ ध्यान हुन्छ त्यहाँ मन हुन्छ । जहाँ मन हुन्छ त्यहाँ तन हुन्छ । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका जस्तै सम्बन्ध छ- तन, मन अनि ध्यानकाे ।

jungle

'।ॐ नम: नारायण।' पानीले भरिएकाे २० लिटरकाे जर्किन सहित दीपक आश्रमकाे आँगनमा पुग्याे । पसिनाले लछप्प भिजेकाे, ठडाे उकालाे चढ्दा उसकाे सास पनि फुलिरहेकाे थियाे । सम्बन्धित ठाउँमा पानी बिसाएर भान्साकाे ढाेकामा थचक्क बस्याे । दीपककाे 'गुरु जी' कुनै बिषयमा व्याख्यान दिंदै थिए । '।ॐ नम: नारायण।' केही समयमा सास 'कन्ट्राेल' भएपछि आश्रम भित्र छिरेर गुरुलाई प्रणााम गर्याे दिपकले । पहाडी वावाले एकछिन राेकिएर उसलाई आशिर्वाद दिई, आफ्नाे 'सत्संग' जारी राखे ।

baba jee

'तिम्राे लागि म दर्पण हुँ । तिम आफु जस्ताे छाै मलाई त्यस्तै देख्छाै ।', जाेडकाे हाँसाेकाे ठहाका लगाउँदै वावा जीले भने, 'देख्छाे तर म त्यस्ताे हुँदिन ।' वावा जीकाे अगाडि भएका भक्तजनहरु मूर्तिजस्ताे भएर एकटकले वावाजीकाे मुहारमा नियालिरहेका थिए । वावा जी छन् पनि त्यस्तै सुन्दर, धपक्क बलेकाे अनुहार पाेष्टरमा भएका काल्पनिक शिवजी साँच्चीकै भएकाे जस्तै । सँधै हेरिरहुँ जस्ताे लाग्ने । ९० वर्षकाे वृद्ध भएपनि आवाजमा उत्तिकै मिठास छ, सुनिरहुँ जस्ताे लाग्ने । उनकाे वरिपरीकाे सुगन्ध पाउँदा बसिरहुँ जस्ताे लाग्ने । झन् उनकाे ठहाकेदार हाँसाेले त शरिरमा साकारात्म विद्युत् नै पैदा गरिदिन्छ । सम्माेहन छ, वावा जीसँग ।

'म दयालु छु, तिमिहरु आफुलाई मजस्तै मानेर धाेखा नखानु भनेर मैले आफ्नाे विषयमा लेख्दिएरै राखेकाे छु ।', वावा जी भन्छन्, 'म काे हुँ ?, मैले के गरिरहेकाे छु ? र मराे जीवनशैली कसरी चलिरहेकाे छ ?, ल हेर ।'

No photo description available.

क्रमश:

सन्तानेश्वर महादेवकाे दिव्यदर्शी आश्रम र 'पहाडी वावा'

बुधबार, २६ मंसिर २०८१, ०७ : ०३

प्रतिक्रिया