स्काउटले उर्जामन्त्री दिपक खड्काविरुद्ध दिएको उजुरी संसदीय समितिमा वितरण

बुधबार, २६ मंसिर २०८१, ११ : १८

काठमाडौं- उर्जा मन्त्री दिपक खड्काले जग्गा हडपेर भाडा समेत नतिरेपछि नेपाल स्काउटले संसदीय समितिमा दिएको उजुरी सांसदहरुलाई वितरण गरिएको छ ।

उर्जा मन्त्री खड्का सञ्चालक रहेको खड्काल्याण्ड डेभलपमेण्ट प्रालिले पाटन उच्च अदालतको आदेश विपरीत जग्गा भाडा वापतको पाँच करोड भन्दा बढी रकम नतिरेको भन्दै स्काउटले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएको थियो ।

स्काउटले गत वर्ष माघ १४ गते उजुरी दर्ता गरे पनि मंगलबार मात्रै समितिका सांसदहरुलाई उक्त उजुरी पत्र वितरण गरिएको हो ।   

466404992_1109841927415176_3562582583694039493_n_KA8Vp0sbGM

465820711_1121234572730305_7512236351131314043_n_lm2dzN25WJ
 

बुधबार, २६ मंसिर २०८१, ११ : १८

प्रतिक्रिया