काठमाडौं- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि)को अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत मंसिर १५ गते सञ्चालन गरेको लाइसेन्सको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार १० हजार ९७४ जना मात्रै पास भएकाे परिक्षामा सातै प्रदेशबाट एक लाख १९ हजार ६९९ जनाले परीक्षा दिएकोमा १० हजार ९७४ जनाले परिक्षाा दिएका थिए । जुन ९.१७ प्रतिशत हो ।
आयोगका अनुसार कोशी प्रदेशबाट मात्र दुई हजार ८२ जना उत्तीर्ण भएका छन्, जसमा १८ हजार ६६२ परीक्षार्थीले परीक्षा दिएका थिए, जुन ११.१६ प्रतिशत हो । त्यस्तै मधेस प्रदेशबाट एक हजार ४२१ पास भएका छन् जहाँ १९ हजार ३० जनाले परीक्षा दिएका थिए, जुन ७.४७ प्रतिशत हो ।
बागमती प्रदेशबाट एक हजार ६८३ पास भएकाे परिक्षाामा १४ हजार ३ जना सहभागी थिए । जुन १२.०२ प्रतिशत हो। त्यस्तै गण्डकी प्रदेशबाट आठ हजार २२९ जनाले परीक्षा दिँदा ९२७ जना पास भएका छन् । जुन ११.२७ प्रतिशत हो ।
लुम्बिनी प्रदेशबाट दुई हजार ३१३ पास भएकाेमा २२ हजार ७९२ जनाले परीक्षा दिएका हुन् । जुन १०.१५ प्रतिशत हो । कर्णाली प्रदेशबाट २० हजार ४९८ जनाले परीक्षा दिएकोमा एक हजार ४४९ पास भएका छन् । जुन ७.०७ प्रतिशत हो । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट ६.६७ प्रतिशत मात्र पास भएका छन् जुन एक हजार ९९ जना हुन् । उक्त प्रदेशबाट १६ हजार ४८५ जनाले परीक्षा दिएका थिए ।
प्रतिक्रिया