काठमाडौं- आज २०८१ मंसिर २७ गते बिहिबार (१२ डिसेम्बर, २०२४) । मंसिर शुक्लपक्ष, द्वादशी २०:२४ सम्म, तत्पश्चात् त्रयोदशी । नक्षत्र: अश्विनी ०८:२४ सम्म, तत्पश्चात् भरणी । चन्द्रराशि: मेष । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुकाे आज रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो भेटघाट तथा स्वादिष्ट भोजनको योग बनेको छ । विगतको श्रमको सफलताले थप काम गर्न उत्साह मिल्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ । समग्रमा दिन शुभ रहेको छ ।
बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुलाई आज समय मध्यम रहनेछ । अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनु पर्ला । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । अरूका लागि खर्च बढ्न सक्छ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आज समय शुभ छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । पेसा–व्यवसायमा विशेष लाभ हुनेछ । दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ। साझेदारीबाट लाभ मिल्नेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूलाई आज पनि समय मध्यम खालको छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । सोचेको समयमा काम नबन्न सक्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुकाे आज काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुलाई आज समय राम्रो रहनेछ । चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ ।
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुकाे आज स्वास्थ्य राम्रो रहनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ । उपभोग्य भौतिक वस्तु किनमेल गर्ने समय छ । जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुकाे आज समय सामान्य रहन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ । पुरानो गतिले पनि काम बिग्रन सक्छ ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुका लागि आज सुखद समाचारले उत्साह जगाउनेछ । बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुकाे आज बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुकाे आज समय शुभ छ । मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन् ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज समय सामान्य छ । आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । सहयोगीहरूको काममा साथ नमिल्न सक्छ । अनावश्यक काममा खर्च हुन सक्ने भएकाले सतर्क रहनु पर्ला ।
प्रतिक्रिया