कसरी बनाइन्छ योमरी ?

आइतबार, ३० मंसिर २०८१, १० : २२

काठमाडौँ- योमरी चामलको पिठोबाट बनेको परिकार हो । जसमा चाकु र खुवा भित्र हालेर अण्डाकार रुपमा डल्लो बनाइएको हुन्छ ।

नेवा समुदायमा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाको दिनमा मनाइने विशेष पर्व हो, ‘य: मरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा। नेपाल भाषाका यी दुई शब्दले मिठो रोटी खाने पूर्णिमा भन्ने बुझाउँछ। ‘यः’ को अर्थ मन पर्ने, ‘मरि’को अर्थ रोटी र पुन्हीको अर्थ पूर्णिमा हुन्छ। योमरी पुन्हीलाई धान्य पूर्णिमा पनि भनिन्छ।

yamari-punhi-5-.jpg-650x434

 

 कसरी बनाइन्छ योमरी ?

योमरी बनाउँदा चामलको पिठोमा तातो पानी हाली मुछेर डल्लो बनाई एक छेउ चुच्चो हुने गरी औँलाको सहायताले खाल्डो पारिन्छ । 

अण्डाकारको स्वरूपमा आइसकेपछि पिठोभित्र विशेष प्रकारले बनाएको चाकु र तिलको मिश्रण राखिन्छ । योमरी मास, खुवा आदि राखेर पनि बनाउने गरिन्छ । यसरी बनाएको योमरी बाफले मात्रै पकाइन्छ । चामलको पिठोबाट बनाई बाफले मात्रै पकाइने भएकाले योमरी स्वादिलो हुन्छ ।

yamari-punhi-7-.jpg-650x434

स्वास्थ्यका हिसाबले पनि उपयुक्त 

योमरी स्वास्थ्यका लागि निकै उपयुक्त हुन्छ। चिसो मौसममा नयाँ चामलको पिठो खाँदा शरीर न्यानो हुन्छ। त्यस्तै योमरीमा प्रयोग हुने चाकुले पनि शरीरको तापक्रमलाई बढाउनुको साथै शरीरमा ऊर्जा दिन्छ। त्यस्तै चाकुले शरीरलाई आइरन दिन्छ। योमरीमा प्रयोग हुने तिल र नरिवलले शरीरलाई चिल्लो पदार्थ प्रदान गर्छ। जाडोमा इनर्जी चाँडै सकिने हुँदा छिटै भोक लाग्छ। तिल र नरिवल अडिलो हुने हुँदा छिटो भोक लाग्दैन। शरीरलाई न्यानो बनाउन पनि यो चाड मनाउने गरिन्छ।

नेपालमा मनाइने चाडपर्व मानव शरीर र मौसम अनुसारकै छन्। यसरी योमरी पुन्ही सामाजिक, सांस्कृतिक, आर्थिक, प्राविधिक र स्वास्थ्यका दृष्टिकोणले निकै फलदायी देखिन्छ।

 

आइतबार, ३० मंसिर २०८१, १० : २२

प्रतिक्रिया